भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

हुप्सेकोटमा ७६ सुत्केरीलाई पोषण खर्च वितरण

हुप्सेकोटमा ७६ सुत्केरीलाई पोषण खर्च वितरण

नवलपरासी, १९ बैशाख । हुप्सेकोट गाउँपालिका ले ७६ जना सुत्केरी महिलालाई जनही पाँच हजार रुपैयाँका दरले पोषण खर्च उपलब्ध गराएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सञ्चालन गरिएको ‘सुत्केरी स्याहार पोषण खर्च कार्यक्रम’ मार्फत गाउँपालिकाभित्रका सुत्केरी महिलालाई उक्त रकम प्रदान गरिएको हो ।

गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे का अनुसार सुत्केरी आमाहरूलाई आवश्यक पोषण र स्याहारमा सहयोग पुगोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । “सुत्केरी अवस्थामा आमालाई आर्थिक सहयोग र पोषणको आवश्यकता बढी हुने भएकाले स्थानीय तहबाट सहयोगको व्यवस्था गरिएको हो,” उनले बताइन् ।

गाउँपालिकाले सबै वर्ग र समुदायका महिलालाई लक्षित गर्दै सुत्केरी समयमा आधारभूत पोषणको अभाव नहोस् भन्ने लक्ष्य राखेको जनाएको छ । सुत्केरी भएपछि सम्बन्धित महिलाको बैंक खातामा रकम पठाउने व्यवस्था गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारी ले यो कार्यक्रम मातृ तथा शिशु स्वास्थ्य सुधारका साथै महिला सशक्तीकरणको महत्वपूर्ण पहल भएको बताए । “पोषण खर्चसँगै स्वास्थ्य सल्लाह, नियमित जाँच र भिटामिन वितरण पनि सँगसँगै भइरहेको छ,” उनले भने ।

स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद सापकोटा का अनुसार कार्यक्रमले गर्भवती महिलामा नियमित स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य संस्थामै सुत्केरी हुने र नवजात शिशुको समयमै जन्म दर्ता गराउने बानीको विकास गराएको छ ।

गाउँपालिकाले गर्भावस्थामा कम्तीमा चार पटक स्वास्थ्य जाँच गरेको, स्वास्थ्य संस्थामा सुत्केरी भएको र जन्म दर्ता गरेको प्रमाण पेस गरेपछि मात्र उक्त रकम उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.