भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

पक्राउ परेकी अभियान्ता आशिका तामाङलाई पाँच दिन हिरासत राख्न अनुमति

पक्राउ परेकी अभियान्ता आशिका तामाङलाई पाँच दिन हिरासत राख्न अनुमति

काठमाडौं । अभद्र व्यवहार आरोपमा बुधबार दिउँसो पक्राउ परेकी आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । तामाङविरुद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप भएको प्रहरी वृत्त गौशालाले जनाएको छ ।

आशिमाथि अभद्र व्यवहारको उजुरी परेको थियो । तामाङविरुद्ध पशुपति क्षेत्र विकास कोषले उजुरी दर्ता गराएको हो । कोषले कर्मचारीमाथि गालीगलौज र दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि तामाङमाथि अनुसन्धान सुरु भएको थियो । उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तामाङले कोष परिसरभित्र कर्मचारीसँग विवाद गरेको मात्र नभई, महिला प्रहरीमाथि दुर्व्यवहार र धकेलाधकेल गरेको आरोपसमेत छ । उक्त घटनासम्बन्धी भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रहरी वृत्त स्वयम्भूले तामाङलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा पठाएको थियो।

 


Thali Mobile Pvt.Ltd.