भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

डस्टबिनभित्र सालनाल सहितको मृत शिशु

डस्टबिनभित्र सालनाल सहितको मृत शिशु

प्यूठान । सरुमारानी गाउँपालिका २ दर्भानमा नवजात शिशुको शव फेला परेको छ ।

बिहिवार स्थानीय तकमान कुमालको घर अगाडि रहेको डस्टबिन भित्र सालनाल समेत नकाटिएको अवस्थामा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता प्रहरी निरीक्षक केशव केसिले बताए ।

मृत अवस्थामा फेला परेको नवजात शिशु महिना पुगेर नै जन्मिएको र जन्मिएपछि फालेको अवस्थामा भेटिएको हुन सक्ने प्रबक्ता प्रहरी निरीक्षक केसिले बताए ।

फोहोर संकलन गर्न राखिएको डस्टबिनमा शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.