डस्टबिनभित्र सालनाल सहितको मृत शिशु

डस्टबिनभित्र सालनाल सहितको मृत शिशु image

प्यूठान । सरुमारानी गाउँपालिका २ दर्भानमा नवजात शिशुको शव फेला परेको छ ।

बिहिवार स्थानीय तकमान कुमालको घर अगाडि रहेको डस्टबिन भित्र सालनाल समेत नकाटिएको अवस्थामा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता प्रहरी निरीक्षक केशव केसिले बताए ।

मृत अवस्थामा फेला परेको नवजात शिशु महिना पुगेर नै जन्मिएको र जन्मिएपछि फालेको अवस्थामा भेटिएको हुन सक्ने प्रबक्ता प्रहरी निरीक्षक केसिले बताए ।

फोहोर संकलन गर्न राखिएको डस्टबिनमा शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda