भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

दुर्घटनाबाट भक्तपुरमा एक जनाको ज्यान गयो, दुई घाइते

दुर्घटनाबाट भक्तपुरमा एक जनाको ज्यान गयो, दुई घाइते

भक्तपुर । भक्तपुर एक जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा विपरीत दिशाबाट आएका तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।

रामेछाप सुनापाति गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

दुर्घटनामा घाइते भएका रामेछाप मन्थली नगरपालिका–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ उपचारपछि घर फर्केका छन्। दुर्घटनामा सूर्यविनायक नगरपालिका–९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ। निजको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.