भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

हात्तीको बथानसँग यात्रुवाहक रेलठोक्किँदा ६ वटा हात्तीको मृत्यु

हात्तीको बथानसँग यात्रुवाहक रेलठोक्किँदा ६ वटा हात्तीको मृत्यु

एजेन्सी । हात्तीको बथानसँग यात्रुवाहक रेलठोक्किँदा ६ वटा हात्तीको मृत्यु भएको छ । श्रीलङ्काको हबराना क्षेत्रमा भएको दुर्घटनामा घाइते भएका २ वटा हात्तीको उपचार भइरहेको जनाएको छ ।

श्रीलङ्काको वन्यजन्तु संरक्षणसँग सम्बन्धित संस्थाका अनुसार हरेक वर्ष रेल दुर्घटनामा २० वटा हात्ती मर्ने गरेको तथ्याङ्क छ । यसबाहेक गएको वर्ष मानव हात्ती द्वन्द्वमा १ सय ७० भन्दा धेरै मानिसले ज्यान गुमाउँदा ५ सय वटा हात्ती मरेको थियो ।

श्रीलङ्कामा रेल र हात्तीबीचको यस्तो दुर्घटना बेला–बेलामा भइरहने गर्छ । तर यो श्रीलङ्कामा अहिलेसम्मकै सबैभन्दा खराब दुर्घटना भएको बीबीसीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने नभएको खबरमा उल्लेख छ ।

रेल दुर्घटना बाहेक धेरै हात्तीहरू बिजुलीको करेन्ट, विषाक्त खाना र सिकारीको चोरी सिकारको पनि मारमा परिरहेका छन् । वन फँडानी र प्राकृतिक स्रोतको अभावका कारण अहिले हात्तीहरू मानव क्षेत्रमा पस्न बाध्य भएकाले उनीहरू रेलमार्ग, खेतबारी र गाउँ गाउँमा पसेर दुर्घटनाको सिकार बन्न थालेका छन् ।

 


Thali Mobile Pvt.Ltd.