भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

‘अल जजिरा’का प्यालेस्टिनी क्यामेराम्यानको इजरायली हमलामा मृत्यु

‘अल जजिरा’का प्यालेस्टिनी क्यामेराम्यानको इजरायली हमलामा मृत्यु

गाजा । शुक्रबार कतारको टेलिभिजन समूह ‘अल जजिरा’का प्यालेस्टिनी क्यामेराम्यानको इजरायली हमलामा मृत्यु भएको छ । आक्रमण हुँदा दुवै जना दक्षिणी गाजा सहर खान युनिसको विद्यालयमा इजरायली हमलाको बारेमा रिपोर्ट गरिरहेका थिए। आक्रमणमा गाजाका प्रमुख संवाददाता घाइते भएका छन् ।

अल जजीराले आफ्नो बयानमा भन्यो कि सिभिल डिफेन्स टोलीले दक्कालाई उनको शरीरबाट ठूलो रक्तस्रावका कारण मृत फेला पारेको थियो। मारिएका क्यामेराम्यानको नाम समर अबु दक्का रहेको छ भने घाइते संवाददाता वेल अल(दहदौह थिए । अल जजिराका अनुसार दुई जना विद्यालयमा इजरायली हमलाको रिपोर्टिङ गरिरहेको बेला अर्को ड्रोन हमलाका कारण उक्त घटना भएको हो।

रिपोर्टर दहदौहको हात र काँधमा गम्भीर चोट लागेको छ । अस्पतालबाट दहदौहले अल जजिरालाई आक्रमणपछि आफू रगतले लतपत भए पनि भाग्न सफल भएको बताए। उनका अनुसार उनले त्यहाँ उपस्थित एम्बुलेन्स कर्मचारीलाई क्यामेराम्यान अबु दक्का खोज्न भनेका थिए । अल जजीराका अनुसार अर्को एम्बुलेन्स अबु दक्कालाई खोज्न स्कूल पुग्ने प्रयास गरे पनि अवरुद्ध सडकहरूको कारण फर्किनुपर्‍यो।

 


Thali Mobile Pvt.Ltd.