‘अल जजिरा’का प्यालेस्टिनी क्यामेराम्यानको इजरायली हमलामा मृत्यु

‘अल जजिरा’का प्यालेस्टिनी क्यामेराम्यानको इजरायली हमलामा मृत्यु image

गाजा । शुक्रबार कतारको टेलिभिजन समूह ‘अल जजिरा’का प्यालेस्टिनी क्यामेराम्यानको इजरायली हमलामा मृत्यु भएको छ । आक्रमण हुँदा दुवै जना दक्षिणी गाजा सहर खान युनिसको विद्यालयमा इजरायली हमलाको बारेमा रिपोर्ट गरिरहेका थिए। आक्रमणमा गाजाका प्रमुख संवाददाता घाइते भएका छन् ।

अल जजीराले आफ्नो बयानमा भन्यो कि सिभिल डिफेन्स टोलीले दक्कालाई उनको शरीरबाट ठूलो रक्तस्रावका कारण मृत फेला पारेको थियो। मारिएका क्यामेराम्यानको नाम समर अबु दक्का रहेको छ भने घाइते संवाददाता वेल अल(दहदौह थिए । अल जजिराका अनुसार दुई जना विद्यालयमा इजरायली हमलाको रिपोर्टिङ गरिरहेको बेला अर्को ड्रोन हमलाका कारण उक्त घटना भएको हो।

रिपोर्टर दहदौहको हात र काँधमा गम्भीर चोट लागेको छ । अस्पतालबाट दहदौहले अल जजिरालाई आक्रमणपछि आफू रगतले लतपत भए पनि भाग्न सफल भएको बताए। उनका अनुसार उनले त्यहाँ उपस्थित एम्बुलेन्स कर्मचारीलाई क्यामेराम्यान अबु दक्का खोज्न भनेका थिए । अल जजीराका अनुसार अर्को एम्बुलेन्स अबु दक्कालाई खोज्न स्कूल पुग्ने प्रयास गरे पनि अवरुद्ध सडकहरूको कारण फर्किनुपर्‍यो।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda