भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

राष्ट्रसङ्घीय विद्यालयमा भएको आक्रमणबारे स्पष्ट पार्न इजरायललाई अमेरिकाको आग्रह

राष्ट्रसङ्घीय विद्यालयमा भएको आक्रमणबारे स्पष्ट पार्न इजरायललाई अमेरिकाको आग्रह

काठमाडौं । अमेरिकाले विस्थापित मानिसले भरिएको गाजामा सञ्चालित राष्ट्रसङ्घीय एक विद्यालयमा हवाई आक्रमण गरेकोबारे स्पष्ट पार्न इजरायललाई आग्रह गरेको छ। इजरायली सेनाले नुसेरात शरणार्थी शिविरमा हिजो गरेको आक्रमणमा ३५ जनाको ज्यान गएको घटनाको सत्यतथ्य छानविन गर्न इजरायलले सघाउनु पर्ने अमेरिकाको भनाई छ ।

इजरायली सेनाले भने विद्यालयमा आक्रमण नगरी हमासले नियन्त्रण गरेको क्षेत्रलाई लक्षित गरेर आक्रमण गरेको दाबी गरेको छ । तर विद्रोही समूह हमासको सञ्चार कार्यालयले इजरायलको दाबीलाई अस्वीकार गरेको छ । अमेरिकाले इजरायललाई यसअघि ९ जना हमासका लडाकुका नाम सार्वजनिक गरेकामा मारिने सबै ३५ जनाकै नाम सार्वजनिक गर्नुपर्ने बताउँदै आएको बीबीसीले जनाएको छ ।

इजरायलले हिजो गरेको आक्रमणमा १४ जना बालबालिका मारिएका रिपोर्ट अमेरिकालाई प्राप्त भएको थियो । त्यसैले अमेरिकाले इजरायललाई आक्रमणबारे स्पष्ट र पारदर्शी भएर आवश्यक जानकारीहरु दिन आग्रह गरेको हो । गाजाको रफाहमा आक्रमण गर्दा ४५ जनाको ज्यान गएको एक हप्तापछि फेरि इजरायले हिजो आक्रमण गरेको हो । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.