काठमाडौं । अमेरिकाले विस्थापित मानिसले भरिएको गाजामा सञ्चालित राष्ट्रसङ्घीय एक विद्यालयमा हवाई आक्रमण गरेकोबारे स्पष्ट पार्न इजरायललाई आग्रह गरेको छ। इजरायली सेनाले नुसेरात शरणार्थी शिविरमा हिजो गरेको आक्रमणमा ३५ जनाको ज्यान गएको घटनाको सत्यतथ्य छानविन गर्न इजरायलले सघाउनु पर्ने अमेरिकाको भनाई छ ।
इजरायली सेनाले भने विद्यालयमा आक्रमण नगरी हमासले नियन्त्रण गरेको क्षेत्रलाई लक्षित गरेर आक्रमण गरेको दाबी गरेको छ । तर विद्रोही समूह हमासको सञ्चार कार्यालयले इजरायलको दाबीलाई अस्वीकार गरेको छ । अमेरिकाले इजरायललाई यसअघि ९ जना हमासका लडाकुका नाम सार्वजनिक गरेकामा मारिने सबै ३५ जनाकै नाम सार्वजनिक गर्नुपर्ने बताउँदै आएको बीबीसीले जनाएको छ ।
इजरायलले हिजो गरेको आक्रमणमा १४ जना बालबालिका मारिएका रिपोर्ट अमेरिकालाई प्राप्त भएको थियो । त्यसैले अमेरिकाले इजरायललाई आक्रमणबारे स्पष्ट र पारदर्शी भएर आवश्यक जानकारीहरु दिन आग्रह गरेको हो । गाजाको रफाहमा आक्रमण गर्दा ४५ जनाको ज्यान गएको एक हप्तापछि फेरि इजरायले हिजो आक्रमण गरेको हो । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, १ जेठ । टर्कीको इस्तानबुलमा हुने भनिएको युक्रेन शान्ति वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् । क्रेमलिनले जारी गरेको प्रतिनिधि मण्डलको सूचीमा पुटिनको नाम समावेश...
रियाद, ३१ बैशाख । अमेरिका र साउदी अरबबीच एक खर्ब ४२ अर्ब अमेरिकी डलर बराबरको रक्षा सम्झौता सम्पन्न भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरब भ्रमणका अवसरमा भएको...
एजेन्सी, ३० बैशाख । म्यानमारमा सेना द्वारा सत्तामा रहेको ‘जुन्टा’ को हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ। ज्यान गुमाउने मध्ये २० जना बालबालिका र २ जना शिक्षक...
एजेन्सी, २९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसलाई युद्ध अन्त्य गर्न छलफलका लागि बैठक गर्न आह्वान गरेका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा लेखेका...