काठमाडौं । भारतको उत्तराखण्डको सहस्त्रताल आरोहणमा गएको कर्णाटकका २२ जनाको टोलीमध्ये नौ पदयात्रीको खराब मौसमका कारण बाटो बिराउँदा ज्यान गएको छ । उत्तराखण्डको स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडिआरएफ)ले हिजो शुरुमा पाँच वटा शव फेला पारेको थियो । घटनास्थलबाट पछि थप चार शव फेला पारेको हो ।
एसडिआरएफले उद्धार कार्य पूरा गरेपछि शवहरूलाई हेलिकप्टरमार्फत भटवाडी ल्याइएको छ । मृतकहरू सबै कर्णाटकको बेङ्गलुरुका थिए । उत्तराखण्ड प्रहरीले सहस्त्रताल मार्गमा फसेका पदायात्रीहरूको खोजीका लागि उद्धार कार्य पूरा भएको बताएको छ ।
यो क्रममा १३ जना पदयात्रीको सकुशल उद्धार गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआइले जनाएको छ । कर्णाटकका मुख्यमन्त्री सिद्धारमैयाले पदयात्रीको निधनप्रति शोक व्यक्त गर्नुभएको छ । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी, २५ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच पछिल्लो २४ घण्टामा दोस्रो पटक ह्वाइट हाउसमा भेटवार्ता भएको छ। मंगलबार साँझ करीब एक घण्टाभन्दा बढी...
वासिङ्टन डीसी, २४ असार । अमेरिकाको टेक्सास राज्यस्थित ग्वाडालुप नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १०० भन्दा बढीको मृत्यु भएको छ भने ३० भन्दा बढी अझै बेपत्ता छन्। शुक्रबार...
वाशिङ्टन, असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच आज वाशिङ्टनमा भेटवार्ता हुँदैछ। यो भेट गाजा क्षेत्रमा करिब २१ महिनादेखि जारी द्वन्द्व अन्त्यतर्फ आशाको किरणको रूपमा...
एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा आएको विनाशकारी बाढीले अहिलेसम्म ४३ जनाको ज्यान गएको पुष्टि भएको छ । जसमध्ये १५ जना बालबालिका छन् । स्थानीय अधिकारीहरूका अनुसार अझै २७ बालबालिका...