भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लेवनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न अमेरिकाको आग्रह

लेवनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न अमेरिकाको आग्रह

काठमाडौं । अमेरिकाले लेवनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आग्रह गरेको छ । मध्यपूर्वमा बढिरहेको तनावकाबीच अमेरिकाले जुनसुकै प्रकारले उपलब्ध टिकट प्रयोग गरेर तत्काल लेवनान छाड्न आग्रह गरेको बीबीसीले जनाएको छ ।

यसअघि बेलायतले पनि लेवनानमा रहेका आफ्ना नागरिकलाई तत्काल बाहिरिन भनेको थियो । यस्तै जोर्डनले पनि आफ्ना नागरिकलाई लेवनान छाड्न भनेको छ । गएको बुधवार इरानमा प्यालेस्टिनी विद्रोही हमासका प्रमुख इस्माइल हानियाहको हत्या भएपछि इरानले इजरायलसँग बदला लिने धम्की दिएको छ ।

यसअघि इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रको पनि हत्या गरेको छ । यी घटनाले मध्यपूर्वमा तनाव बढेको हो । इरानले इजरायलमा कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले मध्यपूर्वमा आफ्ना युद्धविमान तैनाथ गरेको छ । गएराति हिजबुल्लाहले उत्तरी इजरायलमा केही रकेट प्रहार गरेको बीबीसीले जनाएको छ ।एजेन्सी

 

 


Thali Mobile Pvt.Ltd.