भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

कङ्गो र युगान्डामा इबोला प्रकोपः ८८ जनाको मृत्यु, तीन सयभन्दा बढी शङ्कास्पद संक्रमित

कङ्गो र युगान्डामा इबोला प्रकोपः ८८ जनाको मृत्यु, तीन सयभन्दा बढी शङ्कास्पद संक्रमित

काठमाण्डौ, ५ जेठ । कङ्गो र छिमेकी युगान्डामा फैलिएको इबोला संक्रमणका कारण कम्तीमा ८८ जनाको मृत्यु भएको छ। साथै ३०० भन्दा बढी शङ्कास्पद संक्रमित फेला परेका छन्।

विश्व स्वास्थ्य सङ्गठनले विश्व स्वास्थ्य संगठन ले कङ्गो र युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ।

यद्यपि यो प्रकोप कोरोना महामारीजस्तो विश्वव्यापी अवस्थामा नपुगेको भए पनि यसको अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढ्दै गएको बताइएको छ। संगठनले अन्य देशहरूलाई सीमा बन्द नगर्न पनि आग्रह गरेको छ।

सङ्गठनका अनुसार कङ्गोको राजधानी किन्शासामा समेत इबोला संक्रमण पुष्टि भएको छ। किन्शासा पूर्वी इतुरी प्रान्तबाट करिब एक हजार किलोमिटर टाढा पर्छ, जहाँबाट संक्रमित व्यक्ति यात्रा गरेर आएको अनुमान गरिएको छ।

उत्तरी किभु प्रान्तमा पनि शङ्कास्पद बिरामीहरू फेला परेका छन् भने पूर्वी कङ्गोको ठूलो शहर गोमामा पहिलो पटक इबोला संक्रमण पुष्टि भएको स्थानीय प्रशासनले जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनको आपतकाल घोषणापछि अन्तर्राष्ट्रिय सहायता निकाय र विभिन्न देशहरूलाई सहयोग र समन्वय गर्न दबाब बढ्ने अपेक्षा गरिएको छ।

अफ्रिकास्थित विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय कार्यालयबाट ३५ जना विशेषज्ञको टोली इतुरी प्रान्तको राजधानी बुनियामा पठाइएको छ। साथै सात टन आपतकालीन औषधि र स्वास्थ्य सामग्री पनि पठाइएको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.