भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इराकमा अमेरिकी सेनाको केसी–१३५ रिफ्युलिङ विमान दुर्घटनाग्रस्त

इराकमा अमेरिकी सेनाको केसी–१३५ रिफ्युलिङ विमान दुर्घटनाग्रस्त

काठमाडौं, २९ फागुन । अमेरिकी सेनाको एक केसी–१३५ रिफ्युलिङ विमान इराकमा दुर्घटनाग्रस्त भएको छ। अमेरिकी सेनाले पश्चिमी इराकको आकाशमा उडिरहेको केसी–१३५ ट्यांकर विमान दुर्घटनामा परेको पुष्टि गरेको हो। सेनाका अनुसार दुईवटा विमानमध्ये एउटा भने सुरक्षित रूपमा अवतरण गर्न सफल भएको छ।

रिफ्युलिङ ट्यांकर विमानहरूले लडाकु विमानहरूलाई हावामै इन्धन भर्ने काम गर्छन्। युद्धका क्रममा यस्ता विमानहरूले लडाकु तथा बमवर्षक विमानहरूलाई लामो दूरीसम्म उडान भर्न सहयोग गर्ने भएकाले महत्वपूर्ण मानिन्छन्।

बीबीसीका अनुसार विमान दुर्घटनाको कारणबारे अझै स्पष्ट जानकारी प्राप्त भएको छैन। प्रारम्भिक अनुमानअनुसार ती विमानहरू आकाशमै एकआपसमा ठोक्किएको हुन सक्ने आशंका गरिएको छ। अमेरिकी सेन्ट्रल कमानले भने दुर्घटना शत्रुको गोलीबारी वा आफ्नै सेनाको फायरका कारण नभएको जनाएको छ।

विमानमा कति जना सवार थिए र हताहती भए नभएकोबारे पनि हालसम्म कुनै आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। सेन्ट्रल कमानले दुर्घटना इराकको एयर स्पेसमा भएको बताए पनि इरानको सीमाबाट कति दूरीमा घटना भएको हो भन्नेबारे जानकारी दिएको छैन।

 


Thali Mobile Pvt.Ltd.