भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हिमाल आरोहणका लागि पर्वतारोहीको टोली अन्नपूर्णमा

हिमाल आरोहणका लागि पर्वतारोहीको टोली अन्नपूर्णमा

म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि पर्वतारोहीको टोली आउन थालेका छन् । आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमाल आरोहणका लागि आएका चार आरोहीसहितको टोली आज आधार शिविर पुगेको छ।

जंगे अल्टिच्युडमार्फत आएका उनीहरु म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाबाट हेलिकप्टर चढेर आधार शिविर गएका स्थानीय पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए।धवलागिरि हिमाल चढ्ने टोली पनि केही दिनमा आउदैछन् ।

अष्ट्रेलिया, स्विजरल्यान्ड, बेलायत र युक्रेनका आरोही शेर्पा र सहयोगीको टोलीसहित आधार शिविर पुगेका हुन् । अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण ४ नारच्याङको भूगोलमा पर्छ । गत बसन्त याममा पाँच समूहका ५४ जनाले अन्नपूर्ण हिमाल आरोहणको अनुमति लिएका थिए ।

शरद्याममा भने कसैले पनि अन्नपूर्ण आरोहण गर्ने अनुमति नलिएका पर्यटन विभागले जनाएको छ। यसपालि अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने तयारी गरेका छन् । सन् २०२६ भित्र बिना अक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने एलीको लक्ष्य रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.