भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

अर्जेन्टिनामा सात करोड वर्ष पुरानो डाइनोसरको अन्डा फेला

अर्जेन्टिनामा सात करोड वर्ष पुरानो डाइनोसरको अन्डा फेला

अर्जेन्टिना, १५ बैशाख । अर्जेन्टिनाको राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक अनुसन्धान परिषद् का प्यालेन्टोलोजिस्टहरूले पाटागोनिया क्षेत्रमा डाइनोसरको एउटा सुरक्षित अन्डा फेला पारेका छन्।

करिब सात करोड वर्ष पुरानो मानिएको यो अन्डा बोनापार्टेनिकस नामक सानो मांसाहारी डाइनोसरको भएको वैज्ञानिकहरूले बताएका छन्। यो खोजलाई वैज्ञानिक जगत्मा निकै महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। मांसाहारी डाइनोसरको अन्डाका बोक्रा शाकाहारी डाइनोसरको तुलनामा निकै पातला र कमजोर हुने भएकाले यस्तो अन्डा सुरक्षित अवस्थामा भेटिनु दुर्लभ मानिन्छ।

मुख्य अनुसन्धानकर्ता डा. फेडेरिको एगोलिन का अनुसार बालुवाको विशेष अवस्थाले गर्दा यो अन्डा नफुटिकन जोगिएको हो। रियो नेग्रो प्रान्त लाई वैज्ञानिकहरूले ‘प्रागैतिहासिक नर्सरी’ को संज्ञा दिएका छन्, जहाँ अन्य घस्रने जन्तु तथा स्तनधारी प्राणीका अवशेष पनि फेला परेका छन्।

यस क्षेत्रमा भेटिने अन्य अवशेष प्रायः टुक्रिएका अवस्थामा भए पनि यो अन्डा भने पूर्ण अवस्थामा रहेको जनाइएको छ। वैज्ञानिकहरूले यस अन्डाभित्र डाइनोसरको भ्रूण (बच्चा) हुन सक्ने बलियो सम्भावना व्यक्त गरेका छन्।

यस अन्डाको बनोटले मांसाहारी डाइनोसरको विकासक्रम तथा आधुनिक चरासँग उनीहरूको सम्बन्धबारे महत्वपूर्ण जानकारी दिने अपेक्षा गरिएको छ। वैज्ञानिक टोलीले अब अन्डाको स्क्यान गरेर भित्र रहेको संरचनाको अध्ययन गर्ने तयारी गरेको छ। अध्ययन सम्पन्न भएपछि अन्डालाई पाटागोनियास्थित एक सङ्ग्रहालयमा सर्वसाधारणको अवलोकनका लागि राखिने जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.