भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

इटहरीमा १२० जनालाई निःशुल्क सीपमूलक तालिम दिने सरकारको तयारी

इटहरीमा १२० जनालाई निःशुल्क सीपमूलक तालिम दिने सरकारको तयारी

काठमाडौँ, १५ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक प्रशिक्षण केन्द्र इटहरी ले १२० जना नेपाली नागरिकलाई विभिन्न सीपमूलक तालिम निःशुल्क प्रदान गर्ने भएको छ।

केन्द्रले दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ६ वटा फरक–फरक विधामा तालिम सञ्चालन गर्न लागेको जनाएको छ। जारी सूचनाअनुसार बारटेन्डर, कम्प्युटर अपरेटर (बेसिक), एडभान्स कटाइ–सिलाई, एडभान्स ब्युटिसियन, बेकर र बारिष्टा विषयमा तालिम सञ्चालन गरिनेछ। प्रत्येक विषयका लागि २० जनाको कोटा निर्धारण गरिएको छ।

तालिममा सहभागी हुन इच्छुक व्यक्तिले आगामी २०८३ वैशाख २९ गतेभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.