भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ, ९४ करोड बढी रकम अपचलन

कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ, ९४ करोड बढी रकम अपचलन

काठमाडौं । कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ बराबरको ठगी गरेको आरोपमा पक्राउ परेका छन्। ललितपुर महानगरपालिका वडा नम्बर ५ कुमारीपाटीमा रहेको सहकारीको बचत अपचलन आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष तनहुँ घर भई गोकर्णेश्वर बस्ने ४३ वर्षीय तेजबिक्रम थापासहित चार जनालाई सार्वजनिक गरेको हो। ललितपुर महानगरपालिका वडा नम्बर १८ बस्ने व्यवस्थापक, काठमाडौंको कीर्तिपुर बस्ने ५३ वर्षीय भीमसेन महर्जन र चाबहिल बस्ने सदस्य ४७ वर्षीय ४७ वर्षीय सञ्जय सापकोटा पनि पक्राउ परेका छन्।

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार प्रहरीमा पाँच सय ६६ जना पीडित छन्। उनीहरूले ६५ वटा जाहेरी प्रहरीमा दिएका छन्। जसबाट ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ बराबरको ठगी गरेको आरोप उनीहरूमाथि छ।

 


Thali Mobile Pvt.Ltd.