भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन सकेनः हितराज पाण्डे

संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन सकेनः हितराज पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन नसकेको बताएका छन् । आइतबार विनियोजन विधेयक, २०८१ को विभिन्न शिर्षकहरुमाथि जारी छलफल अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय, अर्थ मन्त्रालयमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

पाण्डेले संघीय स्तर कार्यालय समन्वय नगरिरहेको अवाज उठ्न थालेको भन्दै समयमा नै ध्यान केन्द्रित गर्न आग्रह गरे । उनले तीन करोडभन्दा मुनिका सबै योजना कार्यान्वयनको लागि प्रदेश र स्थानीय तहलाई जिम्मा दिन आग्रह गरे । उनले कर्मचारीहरुको वृत्ति विकास, तालिम र क्षमता वृद्धिमा देखिएका समस्या हल गर्न व्यापक छलफल गरी ठोस नीति र विध तय गर्न आग्रह गरे ।

प्रमुख सचेतक पाण्डेले सिंचाई प्रणालीलाई पाइपमार्फत समेत अघि बढाउन र आधुनिक प्रविधि भित्र्याउन आग्रह गरे ।

 


Thali Mobile Pvt.Ltd.