भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

कलाकार मनोज गजुरेलको घरमा ताल्चा लगाउन पुगेकी मीना ढकाल पक्राउ

कलाकार मनोज गजुरेलको घरमा ताल्चा लगाउन पुगेकी मीना ढकाल पक्राउ

काठमाडौं । प्रहरीले हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाललाई नियन्त्रणमा लिएको छ । हास्य कलाकार मनोज गजुरेलको भक्तपुरको बालकोटस्थित घरमा ताल्चा लगाउन पुगेकी ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गजुरेल घर नभएको मौका छोपेर मीना बालकोट पुगेकी थिइन् । मीनाले घरमा ताल्चा लगाउन लागेको खबर स्थानीयले गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

यद्यपि, उनीहरूको कानुनी रूपमा सम्बन्ध विच्छेद भइसकेको छ । गजुरेलले दोस्रो विवाह समेत गरिसकेका छन् । मीनालाई जिल्ला प्रहरी कार्यालय भक्तपुरको टोलीले पक्राउ गरेको प्रहरी वृत्त मध्यपुर थिमिले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.