भर्खरै : Sorry, your browser does not support inline SVG.
धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या |

प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको सुझाव

प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको सुझाव

काठमाडौं । नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसले गरेको निर्णयप्रति धन्यवाद दिँदै प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन सुझाव दिएको छ ।

नेकपा एमालेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनले पहिलो माग राजीनामा भएको उल्लेख गर्दै नभए विपक्षमा मतदान गर्ने निर्णय गरेको बताए ।

नेपाली कांग्रेस र एमालेबीच गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो।

प्रधानमन्त्री दाहालले भने पदबाट राजीनामा नदिने बरू संसद फेस गर्ने बताइरहेका छन्। असार २८ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मतको प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।

 

 


Thali Mobile Pvt.Ltd.