भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा विराटनगरबाट एक महिला पक्राउ

जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा विराटनगरबाट एक महिला पक्राउ

काठमाडौं । महिलाहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा विराटनगरबाट एक महिला पक्राउ परेकी छन् । विराटनगरको नयाँ गुद्री बजारमा भाडामा लिएको फ्ल्याटमा राखेर महिलालाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा झापाको बिर्तामोड नगरपालिका– ८ गरामनी घर भई विराटनगरमा बस्दै आएकी २४ वर्षीया सन्ध्या चुँडाललाई पक्राउ गरेको हो ।

चुँडालले अन्य व्यक्तिसँग मिलेर रोजगारीको आश्वासन दिएर महिलाहरुलाई महिलाहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको प्रहरीको दाबी छ । प्रहरीले विराटनगर ११ नयाँ गुद्रीबजारस्थित फ्ल्याटबाट ६ जना महिलालाई उद्दार पनि गरेको छ । उद्दार गरिएका महिलाहरु २१ देखि २३ वर्ष उमेर समूहका छन् । उनीहरु काठमाडौं, काभ्रेपलाञ्चोक, स्याङ्जा र उदयपुरका र झापाका रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार चुँडाल र सुनसरीको इनरुवा घर भएका अन्दाजी ३० वर्षीय राजकुमार साहले विराटनगरको नयाँ गुद्रीमा घरको फ्ल्याट भाडामा लिएर महिलाहरुलाई राख्ने गरेका थिए । चुँडाल पक्राउ परेपनि साह भने फरार छन् ।

चुँडालको समूहले महिलाहरुलाई भनेको स्थानमा जान नमाने यातना दिने गरेको पाइएको प्रहरीको दाबी छ । उद्दार गरिएका केही महिलाको शरीरमा चोटपटक पनि प्रहरीले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.