भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गरः माओवादी

म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गरः माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता पूर्णबहादुर घर्तीले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्यले मुलुकलाई दुई पार्टी पद्धतिमा लैजान खोजेको त होइन भन्ने प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले दुई पार्टी पद्धतिमा लैजान खोजेको भए त्यो पश्चगामी हुने बताए ।

नेपालको संविधानको मुख्य मर्म धर्मनिरपेक्षता र समानुपातिक प्रतिनिधित्व हो भन्दै उनले संविधान संशोधनको नाममा त्यसलाई अटाउन खोजिए पश्चगमन हुने बताए । कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक नभएको र त्यसबारे संशय रहेको उनको भनाइ छ ।

गीतको सहयोग लिँदै उनले अहिले राजनीतिक स्थिरता र संविधान संशोधनको नारा दिएर अहिले सरकार परिवर्तनको तयारी भएकोमा चित्त दुखाए । “हिजो पनि आज पनि केही माननीय साथीहरूले गीतको अन्तरा भन्नुभयो मलाई पनि एउटा गीतको अन्तरा भन्न मन लाग्यो । कुन्ति मोक्तानको एउटा गीत छ” उनले भने, “कति जल्छौँ आरिसले अझै जल्दै गर । म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर, ।”

 


Thali Mobile Pvt.Ltd.