भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

अफलाइन राइडिङमा दुर्घटना गराई फरार ३ जना पक्राउ

अफलाइन राइडिङमा दुर्घटना गराई फरार ३ जना पक्राउ

काठमाडौं । अफलाइन राइडिङमा मोटरसाइकल दुर्घटना गराई फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ(८ घर भई हाल तारकेश्वर बस्‍ने २२ वर्षीय तेज रावल, जुम्लाकोको गुठीचौर घर भई हाल मण्डिखाटार बस्‍ने २३ वर्षीय पदम धिताल र जुम्लाको गुठीचौर ४ घर भई हाल तारकेश्वर बस्‍ने सुरेश अधिकारी रहेका छन् ।

उनीहरूलाई प्रहरी गोंगबु एरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।एसपी अधिकारीका अनुसार असार १५ गते राति साढे ९ बजे गोंगबुबाट हात्तिवनसम्‍म ३५ वर्षीय अनु गुरूङ र उनका साथीहरू ३ जना अफलाइन राइडरसँग चढेका थिए । तर जाने क्रममा कान्तिपथ नजिकै दुर्घटना भई उपचारका क्रममा मृत्यु भएको प्रहरीको आरोप छ ।

 


Thali Mobile Pvt.Ltd.