भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

पाँच दिनको अवधिमा दोस्रो पटक सैनिक गाडीमा आक्रमण, जम्मु कश्मीरमा ५ जवानको मृत्यु

पाँच दिनको अवधिमा दोस्रो पटक सैनिक गाडीमा आक्रमण, जम्मु कश्मीरमा ५ जवानको मृत्यु

एजेन्सी । भारतको जम्मु कश्मीरको कठुआमा भएको आक्रमणमा ५ सैन्य जवान मारिएका छन् । घटनामा ५ जना घाइते भएका छन्।
पाँच दिनको अवधिमा जम्मु कश्मीरमा दोस्रो पटक सैनिक गाडीमा आक्रमण भएको हो ।

उक्त आक्रमणका क्रममा आतंकवादी समूहका ६ जना मारिएका थिए। जम्मु कश्मिरका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनयता निरन्तर आक्रमणका घटना भइरहेका छन्। आतंकवादी समूहले सेनाको गाडी लक्षित धराप थाप्ने र गोली चलाउने गरेको छ। यस्तो आक्रमणमा स्थानीयले समेत आतंकवादीलाई सहयोग गरेको आरोप छ।

अधिकारीहरुका अनुसार सैन्य वाहनमा आतंकवादी समूहले पहिले बम प्रहार गरेर अन्धाधुन्ध गोली चलाएको थियो। जम्मु कश्मीरको कुलगाममा दुई दिनअघि भएको आक्रमणमा दुई सैनिकको मृत्यु भएको थियो।

 


Thali Mobile Pvt.Ltd.