भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

२४७ केजी गाँजासहित गाडी पक्राउ

२४७ केजी गाँजासहित गाडी पक्राउ

काठमाडौं । लागुऔषध गाँजासहित गाडी प्रहरीले पक्राउ गरेको छ । सुनसरी जिल्लाको बराहक्षेत्र ९ राजावासस्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीबाट खटिएका प्रहरी निरीक्षक विकास राईको टोलीले आज मंगलबार पक्राउ गरेको हो।

चक्रघट्टीबाट मधुवनतर्फ जादैँ गरेको प्रदेश १-०१-००२ च ३५७५ नं को महिन्द्र बलेरोलाई शंका लागी रोक्न खोज्दा उक्त महिन्द्रा गाडी नरोकी भाग्दा गोली समेत चलाउन बाध्य भएको सुनसरी प्रहरीले जनाएको छ।

गाडी पटक।पटक रोक्न खोज्दा नरोकी तीव्र गतिमा भाग्न खोजेकाले उक्त गाडी रोक्न बाध्य भई चाइनिज पेस्तोलबाट १ राउण्ड गोली फायर गरिएको र गाडी छोडेर चालक फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

गाडी चेकजाँच गर्ने क्रममा कालो प्लाष्टिकले बेरेको पोकामा २४७ केजी लागुऔषध गाँजा फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज विकास राईले जानकारी दिए।

 

 


Thali Mobile Pvt.Ltd.