भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

खेलकुद विकास समिति नवलपरासीका अध्यक्षसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी

खेलकुद विकास समिति नवलपरासीका अध्यक्षसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । जिल्ला खेलकुद विकास समिति पश्चिम नवलपरासीका अध्यक्षसहित चार जनालाई ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएको छ। जग्गाको विषयलाई लिएर बर्दघाट नगरपालिका वडा नं. १४ का राजबहादुर क्षेत्री र उनकी श्रीमती पार्वती क्षेत्रीमाथि निर्घात कुटपिट गरेको भन्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामुसहित चार जनाविरूद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो।

प्रहरीका अनुसार रितमानसहित प्रेम कामु, कृष्ण कामु र जीवन कामुले क्षेत्री दम्पतीमाथि वडा कार्यालयभित्रै निर्घात कुटपिट गरेको भन्दै उजुरी परेको हो।

पक्राउ पुर्जी जारी गरिएका चारै जना सहोदर दाजुभाइ हुन्। पीडितहरूको उजुरीपछि उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।

शुक्रबार भएको कुटपिटको घटनालाई लिएर गएका पीडितको जाहेरी सो दिन प्रहरीले दर्ता गर्न नमानेपछि आइतबार दिनभरजसो स्थानीयले इलाका प्रहरी कार्यालय बर्दघाटमा नाराबाजी गरेका थिए। पक्राउ पुर्जी जारी गरिएका चारै जना नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता भएकोले राजनीतिक दबाबका कारण प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि स्थानीय आक्रोशित भएका थिए।

 


Thali Mobile Pvt.Ltd.