भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

एक युवकसँग होटलमा गएकी युवती मृत भेटिइन्

एक युवकसँग होटलमा गएकी युवती मृत भेटिइन्

हेटौंडा । हेटौडा उपमहानगरपालिका १०, बसपार्कस्थित एक होटलमा युवती मृत भेटिएकी छन् । थानाभर्‍याङकी एलिसा न्यौपाने होटलमा मृत फेला परेको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

न्यापाने होटलको कोठा नम्बर २०५ मा सोमबार मृत फेला परेकी हुन् । शवलाई हेटौंडा अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

आइतबार बिहान अबेरसम्म ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार उनी हिजो अपरान्ह ५ बजे एक युवकसँग होटलमा आएको र ती युवक राति करिब ९ बजे होटलबाट बाहिरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 


Thali Mobile Pvt.Ltd.