भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

गौशालाबाट नक्कली नोट र लागूऔषधसहित दुई जना पक्राउ

गौशालाबाट नक्कली नोट र लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं । काठमार्डौंको गौशालाबाट नक्कली नोट र लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरले झापा गाउँपालिका–५ घर भएका ३० वर्षीय एराजुल हक, इलामको फाकफोकथुम गाउँपालिका–३ घर भएका ४१ वर्षीय राजेन्द्र भट्टराई र इलामकै सूर्योदय नगरपालिका–३ घर भएका ४७ वर्षीय बोधचन्द्र नामचुङलाई पक्राउ गरेको हो ।

उनीहरू तीनै जना काठमाडौं महानगरपालिका–९ मा बस्दै आएका प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट एक हजार दरको २५ थान र पाँच सय दरको तीन सय ४१ थान गरी एक लाख ९५ हजार पाँच सय रुपैयाँ नक्कली नोट बरामद भएको छ । यसैगरी सात ग्राम ८१ मिलिग्राम खैरो हिरोइन बरामद गरेको प्रहरीले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.