भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

गौशालाबाट नक्कली नोट र लागूऔषधसहित दुई जना पक्राउ

गौशालाबाट नक्कली नोट र लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं । काठमार्डौंको गौशालाबाट नक्कली नोट र लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरले झापा गाउँपालिका–५ घर भएका ३० वर्षीय एराजुल हक, इलामको फाकफोकथुम गाउँपालिका–३ घर भएका ४१ वर्षीय राजेन्द्र भट्टराई र इलामकै सूर्योदय नगरपालिका–३ घर भएका ४७ वर्षीय बोधचन्द्र नामचुङलाई पक्राउ गरेको हो ।

उनीहरू तीनै जना काठमाडौं महानगरपालिका–९ मा बस्दै आएका प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट एक हजार दरको २५ थान र पाँच सय दरको तीन सय ४१ थान गरी एक लाख ९५ हजार पाँच सय रुपैयाँ नक्कली नोट बरामद भएको छ । यसैगरी सात ग्राम ८१ मिलिग्राम खैरो हिरोइन बरामद गरेको प्रहरीले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.