भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

७१ वर्षीया ठूलीमाया आफ्नै घरमा मृत भेटिइन्,नाति पक्राउ

७१ वर्षीया ठूलीमाया आफ्नै घरमा मृत भेटिइन्,नाति पक्राउ

काठमाडौं । हेटौंडा उपमहानगरपालिका ११ पाथिभरा मन्दिर नजिकै बस्ने ७१ वर्षीया ठूलीमाया विश्वकर्मा मृत भेटिएकी छन् । उक्त घटनामा ठूलीमायाका नातिलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज सोमबार बिहान ९ः४० बजे ठूलीमायालाई आफ्नै घरमा मृत फेला पारिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । ठूलमायाको दुबै कानबाट रगत बगेको भण्डारीले बताए ।

घरमा उनी र नाति प्रविन विश्वकर्मा बस्दै आएका थिए । प्रहरीले ठूलीमायाको हत्या भएको आशंका नाति प्रविनलाई पक्राउ गरेको डिएसपी भण्डारीले बताए । शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.