भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

७१ वर्षीया ठूलीमाया आफ्नै घरमा मृत भेटिइन्,नाति पक्राउ

७१ वर्षीया ठूलीमाया आफ्नै घरमा मृत भेटिइन्,नाति पक्राउ

काठमाडौं । हेटौंडा उपमहानगरपालिका ११ पाथिभरा मन्दिर नजिकै बस्ने ७१ वर्षीया ठूलीमाया विश्वकर्मा मृत भेटिएकी छन् । उक्त घटनामा ठूलीमायाका नातिलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज सोमबार बिहान ९ः४० बजे ठूलीमायालाई आफ्नै घरमा मृत फेला पारिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । ठूलमायाको दुबै कानबाट रगत बगेको भण्डारीले बताए ।

घरमा उनी र नाति प्रविन विश्वकर्मा बस्दै आएका थिए । प्रहरीले ठूलीमायाको हत्या भएको आशंका नाति प्रविनलाई पक्राउ गरेको डिएसपी भण्डारीले बताए । शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.