भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

केजरीवाल पदमै रहँदा पक्राउ पर्ने भारतका पहिलो मुख्यमन्त्री

केजरीवाल पदमै रहँदा पक्राउ पर्ने भारतका पहिलो मुख्यमन्त्री

एजेन्सी । आम आदमी पार्टी (आप)का नेता अरविन्द केजरीवाल पक्राउ परेका छन् । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री तथा आपका नेता केजरीवाललाई मदिरा अन्तशुल्क घोटाला प्रकरणमा प्रवर्तन निर्देशनालय (ईडी) ले पक्राउ गरेको भारतीय सञ्चार माध्ययले जनाएका छन् ।

दिल्लीकी मन्त्री एवं आम आद्मी पार्टीकी नेतृ अतिशी मार्लेनाले अरविन्द केजरीवाल मुख्यमन्त्रीको रूपमा रहने र जेलबाटै दिल्ली सरकार चलाउने बताएकी छन् । चुनावको मुखमा मुख्यमन्त्री केजरीवाललाई पक्राउ गर्नुलाई प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीको राजनीतिक चालबाजी भन्दै विपक्षीहरुले विरोध गरेका छन् ।

दिल्ली सरकारले आम आदमी पार्टीमा पैसा जाने गरी मदिरा नीतिमा फेरबदल गरेको आरोप लागेको छ ।
केजरीवाल पदमै रहँदा पक्राउ पर्ने भारतका पहिलो मुख्यमन्त्री बनेका छन् । पक्राउ पर्नुअघि दिल्ली उच्च अदालतले उनको सुरक्षा माग गर्ने निवेदनलाई अस्वीकार गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.