भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

इजरायली सेनामाथि रकेट आक्रमण,आठ सैनिकको मृत्यु

इजरायली सेनामाथि रकेट आक्रमण,आठ सैनिकको मृत्यु

काठमाडौं । गाजामा लगातार आक्रमण गरिरहेको इजरायली सेनामाथि रकेट आक्रमण भएको छ। गाजास्थित रफाहमा भएको आक्रमणमा इजरायली डिफेन्स फोर्सेजका आठ सैनिकको मृत्यु भएको छ भने केही घाइते भएका छन्।

समाचार एजेन्सी एएफपीका अनुसार इजरायली बख्तरबन्द गाडीमा भएको आक्रमणमा ती सैनिक मारिएका हुन्। सेनाले मृत्यु हुनेमा एक क्याप्टेनसहितका सैनिक अधिकारी रहेको जानकारी दिएको छ । यो घटनाको जिम्मा हमास समूहले लिएको छ।

हमास समूहमा आबद्ध इज्जेदिन अल(कासम ब्रिगेडले इजरायली सेनाको बुल्डोजरमा आफूहरूले रकेट आक्रमण गरेको र त्यसपछि आगलागी भएको बताएको छ। साथै उसले आक्रमणपछि आगलागीमा परेको गाडीलाई सहयोग गर्न आएको बख्तरबन्द गाडीमाथि पनि आक्रमण गरी ध्वस्त बनाएको दाबी गरेको छ।

इरायली सेनाले गत अक्टोबरदेखि निरन्तररुपमा गाजामा आक्रमण गरिरहेको छ। पछिल्लो समय गाजाको रफाह क्षेत्रमा इजरायली सेनाले आक्रमण केन्द्रित गरेको छ। हमासको सशस्त्र समूहको अन्तिम बटालिएन यही ठाउँमा लुकेको उसको दाबी छ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.