भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इजरायली सेनामाथि रकेट आक्रमण,आठ सैनिकको मृत्यु

इजरायली सेनामाथि रकेट आक्रमण,आठ सैनिकको मृत्यु

काठमाडौं । गाजामा लगातार आक्रमण गरिरहेको इजरायली सेनामाथि रकेट आक्रमण भएको छ। गाजास्थित रफाहमा भएको आक्रमणमा इजरायली डिफेन्स फोर्सेजका आठ सैनिकको मृत्यु भएको छ भने केही घाइते भएका छन्।

समाचार एजेन्सी एएफपीका अनुसार इजरायली बख्तरबन्द गाडीमा भएको आक्रमणमा ती सैनिक मारिएका हुन्। सेनाले मृत्यु हुनेमा एक क्याप्टेनसहितका सैनिक अधिकारी रहेको जानकारी दिएको छ । यो घटनाको जिम्मा हमास समूहले लिएको छ।

हमास समूहमा आबद्ध इज्जेदिन अल(कासम ब्रिगेडले इजरायली सेनाको बुल्डोजरमा आफूहरूले रकेट आक्रमण गरेको र त्यसपछि आगलागी भएको बताएको छ। साथै उसले आक्रमणपछि आगलागीमा परेको गाडीलाई सहयोग गर्न आएको बख्तरबन्द गाडीमाथि पनि आक्रमण गरी ध्वस्त बनाएको दाबी गरेको छ।

इरायली सेनाले गत अक्टोबरदेखि निरन्तररुपमा गाजामा आक्रमण गरिरहेको छ। पछिल्लो समय गाजाको रफाह क्षेत्रमा इजरायली सेनाले आक्रमण केन्द्रित गरेको छ। हमासको सशस्त्र समूहको अन्तिम बटालिएन यही ठाउँमा लुकेको उसको दाबी छ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.