भर्खरै : Sorry, your browser does not support inline SVG.

रौतहटको बागमती नदीमा एक युवकको शव फेला

रौतहटको बागमती नदीमा एक युवकको शव फेला

काठमाडौं । रौतहटको पूर्वीभेग राजदेवी नगरपालिका(५ पताहिटोल गढैयास्थित बागमती नदीमा एक युवकको शव फेला परेको छ।पहिचान खुल्न नसकेका अन्दाजी २५ वर्षीय तराई मुलका युवकको शव नदी किनारमा घोप्टो परेको अवस्थामा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर उमाशंकर प्रसाद गुप्ताको नेतृत्वको टोलीले शवको मुचुल्कालगायत प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरेको रौतहट प्रहरी प्रवक्ता (डीएस्पी) एलिजा गिरीले बताइन् ।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको हुँदा मृतकलाई चिन्न सक्ने व्यक्तिलाई प्रहरी सम्पर्कमा आउन आग्रह गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.