भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

आहा ! मनै लोभ्याउने झरना

आहा ! मनै लोभ्याउने झरना

काठमाडौं । यतिबेला कालीगण्डकी नदीको किनारै किनार मुस्ताङ उक्लिने बेनी–जोमसोम सडक छेउछाउका मनमोहक झरनाहरुले यात्राको दुःख, कष्ट भुलाइदिने गरेको छ । यात्रुहरु भन्छन्, ‘गाडीबाटै देखिने झरनाहरु बेनी–जोमसोम सडकका गहना हुन्, झरनाहरुको सौन्दर्यले यात्राको दुःख, कष्ट र पीडा भुलाएर उत्साह र उमङ्ग ल्याउँछ ।’

बेनीदेखि पाँच किलोमिटर उत्तरमा पर्वतको बाँसखर्कबाट झर्ने बाउसे झरना हेरेपछि मुस्ताङ घुमेर फर्किएका बेनीका विनोद खत्रीले भने, आहा यस्तो आनन्द भयो कि यो झरना हेरेर दुःख सबै भूलाईदियो ।’ बाउसे झरनादेखि एक किलोमिटर माथि म्याग्दी र पर्वतको सिमाना भएर बग्ने पुम्दी खोलाको छहरा पनि उस्तै छ ।

अन्नपूर्ण गाउँपालिका–७ स्थित महभिर झरनाले पर्यटक लोभ्याउने गरेको छ । पूर्वाधार निर्माण गरेसँगै बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने आउने पर्यटक महभिर झरनामा हेरेर फर्किन्छन् । पहिले सुनसान हुने महभिर झरनामा यतिबेला भीडभाड हुन थालेको छ ।

पहाडको फेदीमा एक सय मिटर माथिबाट खस्ने झरना निकै आकर्षक र मनमोहक छ । झरना परिसरमा पुग्दा गर्मी याममा शितल हुन्छ । गर्मी छल्न पनि महभिर झरना उपयुक्त गन्तव्य हो । झरनाको फेदीमा पोखरी छ । पौडी खेल्न र माछा मार्न मजा आउँछ । झरनाको सौन्दर्यमा रमाउँदा समय बितेको पत्तै हुर्दैन ।

अन्नपूर्ण गाउँपालिकाले झरनाको फेदीमा ग्याबीन पर्खाल लगाएर पोखरी र भिरालो पाखा सम्याएर दृश्यावलोकन स्थल बनाएको छ । झरनाको फेदसम्म पदमार्ग र नजिकै सार्वजनिक शौचालय निर्माण छन् । बेनी जोमसोम सडकको ५० मिटर नजिकमा झरना भेटिन्छन् । सडकमा गाडी रोकेर पर्यटकले झरना अवलोकन गर्ने गरेका छन् ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ लेकगाउँबाट बेँशी गाउँमा झर्ने नारच्याङ झरना बेनी–जोमसोम सडकको अर्को आकर्षण हो । सडकको नागढुङ्गादेखि दुई किलोमिटर गाडी र १५ मिनेट उकालो हिँडेपछि पुगिने नारच्याङ झरना सडकबाटै यात्राका क्रममा अवलोकन गर्न सकिन्छ । बाह्रै महिना उस्तै देखिने नारच्याङ झरनामा साँझ सूर्य अस्ताउँदा देखिने इन्द्रेणी मनमोहक देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.