भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

‘एक विद्यालय एक नर्स’ कार्यक्रमका लागि बागमती स्वास्थ्य मन्त्रालय सम्मानित, मन्त्री थापा र सचिव गौतमद्वारा खुशी व्यक्त

‘एक विद्यालय एक नर्स’ कार्यक्रमका लागि बागमती स्वास्थ्य मन्त्रालय सम्मानित, मन्त्री थापा र सचिव गौतमद्वारा खुशी व्यक्त

हेटौंडा, २८ चैत्र । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय ले सञ्चालन गर्दै आएको ‘एक विद्यालय एक नर्स’ कार्यक्रममार्फत विद्यालयस्तरमा स्वास्थ्य शिक्षा तथा सेवा विस्तारमा पुर्‍याएको योगदानको कदरस्वरूप “स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२” प्राप्त गरेको छ।

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि. को दशौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो। अवार्ड प्राप्त गर्न पाउँदा मन्त्रालय गौरवान्वित भएको मन्त्रालयले जनाएको छ।

यस सम्मानका लागि आयोजक संस्था प्रति मन्त्रालयले हार्दिक धन्यवाद व्यक्त गरेको छ। यस अवसरमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले मन्त्रालयले गरेको कार्यको सही मूल्यांकन भएको बताउनुभयो। उहाँले विद्यालयस्तरमा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘एक विद्यालय एक नर्स’ कार्यक्रमले विद्यार्थीहरूको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्नुभयो।

त्यस्तै, स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले यस्तो प्रतिष्ठित सम्मान प्राप्त गर्न पाउँदा खुशी लागेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि स्वास्थ्य सेवाको गुणस्तर सुधार र विद्यालयस्तरमा स्वास्थ्य पहुँच विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहने उल्लेख गर्नुभयो।

कार्यक्रम सभ्य तथा भव्य रूपमा सम्पन्न गर्न सहयोग र सद्भाव प्रदान गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.ले आभार व्यक्त गरेकाे छ । कार्यक्ममा विभिन्न क्षेत्रका व्यक्तिहरूलाइ सम्मान गरिएकाे थियाे ।

 


Thali Mobile Pvt.Ltd.