भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विद्यार्थी संगठन र ट्रेड युनियन प्रतिबन्धको निर्णयप्रति नेकपाको कडा विरोध

विद्यार्थी संगठन र ट्रेड युनियन प्रतिबन्धको निर्णयप्रति नेकपाको कडा विरोध

काठमाडौँ, २८ चैत्र । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजक समितिको बैठकले कलेजहरूमा विद्यार्थी संगठन तथा कार्यस्थलमा ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने निर्णयको विरोध गरेको छ।

बैठकबारे जानकारी दिँदै पार्टी नेता जगन्नाथ खतिवडा ले यस्तो कदमले नागरिक तथा श्रमिकहरूको अधिकार कुण्ठित गर्ने भएकाले पार्टी यस निर्णयको विपक्षमा उभिने निर्णयमा पुगेको बताएका हुन्।

पार्टीको ४५ सदस्यीय केन्द्रीय कार्यसंयोजन समितिमा अहिलेसम्म ४३ जना नेताहरूले आ–आफ्नो धारणा राखिसकेका छन्। विगत सात दिनदेखि दैनिक केही घण्टा बसेर लम्बिएको बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, नयाँ सरकारको कार्यशैली तथा एकीकृत पार्टीको कमिटी समायोजनका विषयमा विस्तृत छलफल भइरहेको छ।

नेता खतिवडाका अनुसार हालसम्मका छलफलहरू विचार विमर्शकै चरणमा रहेकाले औपचारिक प्रस्तावका रूपमा कुनै पनि निर्णय पारित भइसकेको छैन। नयाँ वर्षको व्यस्तता तथा आन्तरिक तयारीका लागि केही दिन समय आवश्यक भएकाले अबको बैठक वैशाख ३ गते बस्ने तय गरिएको छ।

बैठकले पार्टीको आगामी कार्ययोजना तथा साङ्गठनिक समायोजनसम्बन्धी ठोस खाकालाई अन्तिम रूप दिने तयारी गरिएको बताइएको छ। साथै वैशाख ३ वा ४ गतेभित्र बैठक औपचारिक रूपमा समाप्त हुने र त्यसपछि पार्टीका आगामी रणनीतिहरू सार्वजनिक गरिने जानकारी दिइएको छ।

 


Thali Mobile Pvt.Ltd.