भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

विद्यार्थी संगठन र ट्रेड युनियन प्रतिबन्धको निर्णयप्रति नेकपाको कडा विरोध

विद्यार्थी संगठन र ट्रेड युनियन प्रतिबन्धको निर्णयप्रति नेकपाको कडा विरोध

काठमाडौँ, २८ चैत्र । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजक समितिको बैठकले कलेजहरूमा विद्यार्थी संगठन तथा कार्यस्थलमा ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने निर्णयको विरोध गरेको छ।

बैठकबारे जानकारी दिँदै पार्टी नेता जगन्नाथ खतिवडा ले यस्तो कदमले नागरिक तथा श्रमिकहरूको अधिकार कुण्ठित गर्ने भएकाले पार्टी यस निर्णयको विपक्षमा उभिने निर्णयमा पुगेको बताएका हुन्।

पार्टीको ४५ सदस्यीय केन्द्रीय कार्यसंयोजन समितिमा अहिलेसम्म ४३ जना नेताहरूले आ–आफ्नो धारणा राखिसकेका छन्। विगत सात दिनदेखि दैनिक केही घण्टा बसेर लम्बिएको बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, नयाँ सरकारको कार्यशैली तथा एकीकृत पार्टीको कमिटी समायोजनका विषयमा विस्तृत छलफल भइरहेको छ।

नेता खतिवडाका अनुसार हालसम्मका छलफलहरू विचार विमर्शकै चरणमा रहेकाले औपचारिक प्रस्तावका रूपमा कुनै पनि निर्णय पारित भइसकेको छैन। नयाँ वर्षको व्यस्तता तथा आन्तरिक तयारीका लागि केही दिन समय आवश्यक भएकाले अबको बैठक वैशाख ३ गते बस्ने तय गरिएको छ।

बैठकले पार्टीको आगामी कार्ययोजना तथा साङ्गठनिक समायोजनसम्बन्धी ठोस खाकालाई अन्तिम रूप दिने तयारी गरिएको बताइएको छ। साथै वैशाख ३ वा ४ गतेभित्र बैठक औपचारिक रूपमा समाप्त हुने र त्यसपछि पार्टीका आगामी रणनीतिहरू सार्वजनिक गरिने जानकारी दिइएको छ।

 


Thali Mobile Pvt.Ltd.