भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

बैतडी, १० फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरण तथा ओसारपसारमा कडाइ गरिएको छ । निर्वाचनलाई स्वच्छ , निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यस्तो निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भोजलाल थारूका अनुसार फागुन ९ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म साँझ ७ः०० बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाइएको छ ।

मदिराजन्य पदार्थको बिक्री वितरण तथा उपभोगलाई व्यवस्थित गर्न व्यवसायीहरूसँग छलफल गरी कडाइ गर्ने निर्णय गरिएको जनाइएको छ ।

मौन अवधिमा मदिराजन्य वस्तुको बिक्री वितरण पूर्ण रूपमा निषेध गरिनेछ । साथै फागुन ११ गतेदेखि २४ गतेसम्म मदिरा दुवानी तथा ओसारपसार नगर्ने निर्णय गरिएको छ ।

निर्णय उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा ११ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.