भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

बानेश्वर प्रदर्शन तनावग्रस्त: प्रहरी गोलीले एकको मृत्यु, संसद् भवनमा आगजनी प्रयास

बानेश्वर प्रदर्शन तनावग्रस्त: प्रहरी गोलीले एकको मृत्यु, संसद् भवनमा आगजनी प्रयास

मुख्य बुँदा 

नयाँ बानेश्वर क्षेत्रमा प्रहरी गोली लागेर एक जेन–जी प्रदर्शनकारीको मृत्यु।

मृत्युपछि बानेश्वर चोक थप तनावग्रस्त, कर्फ्यू प्रभावहीन।

संसद भवन परिसरमा प्रदर्शनकारीले बारम्बार आगजनी प्रयास, प्रहरीले अश्रुग्यास, रबर गोली, पानीको फोहोरा र इट्टा प्रहार।

भागदौडमा कतिपय घाइते, ७० भन्दा बढी घाइतेहरूको सिभिल अस्पतालमा उपचार जारी।

काठमाडौँ, २३ भाद्र । नयाँ बानेश्वर क्षेत्रमा ‘जेन–जी’ प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोली लागेर एक जनाको मृत्यु भएपछि चोक थप तनावग्रस्त बनेको छ।

सरकारले कर्फ्यू घोषणा गरेपनि अहिले प्रदर्शनकारी अझ आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरूले बानेश्वर चोकको कुनामा रहेको संसद् भवन परिसरमा बारम्बार आगजनीको प्रयास गरेका छन्। भागदौडका क्रममा कतिपय घाइते भएका छन्।

संसद् परिसरभित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टा प्रहार गरिरहेको छ। घाइते भएका ७० जना बढी प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मोहनचन्द्र रेग्मीले मृतकको सनाखत हुन बाँकी रहेको जानकारी दिएका छन्।

प्रदर्शन र प्रहरी हस्तक्षेपबीच बानेश्वर चोकमा स्थिति तनावग्रस्त रहेको र कर्फ्यू प्रभावहीन देखिएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.