भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ६ पुग्यो, काठमाडौं तनावग्रस्त

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ६ पुग्यो, काठमाडौं तनावग्रस्त

मुख्य बुँदा 

काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा थप एक जनाको मृत्यु।

यससँगै जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ६ पुगेको छ।

केएमसी अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालका अनुसार मृत्यु भएको पुष्टि।

२० जना गम्भीर घाइतेको उपचार भइरहेको छ।

आन्दोलन रोकिएको छैन, नयाँ बानेश्वर र काठमाडौंका विभिन्न क्षेत्र अझै तनावग्रस्त।

काठमाडौं, २३ भदौ । सोमबार भएको जेनजी प्रदर्शनका क्रममा काठमाडौंमा मृत्यु हुनेको संख्या ६ पुगेको छ। नयाँ बानेश्वरस्थित सिभिल अस्पताल र ट्रमा सेन्टरमा ५ जनाको मृत्यु भइसकेको थियो भने काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा थप एक जनाको मृत्यु भएको छ।

केएमसी अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालका अनुसार, थप मृत्यु भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको हो। त्यस्तै, अहिलेसम्म २० जना गम्भीर घाइतेहरूको उपचार भइरहेको छ।

प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेपछि आन्दोलन अझ हिंसात्मक बनेको छ। दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ।

तर, आन्दोलन रोकिएको छैन र नयाँ बानेश्वर क्षेत्र अझै तनावग्रस्त रहेको छ। घाइतेहरूको संख्या यकिन भइसकेको छैन।

 


Thali Mobile Pvt.Ltd.