बैंकक । थाइल्यान्डको राजधानी बैंककको चर्चित बजार चतुचकमा आगलागी हुँदा झन्डै एक हजार वटा जनावर मरेका छन् । आज बिहान झन्डै एक सय वटा पसलमा आगलागी हुँदा चराचुरुङ्गी, कुकुर, बिरालो र सर्पहरू जलेर मरेका बीबीसीले जनाएको छ । यस्तै आगलागीमा मुसा, पाइथन र गेकोसहरू पनि जलेका छन् ।
बिजुली शर्ट भएर आगलागी भएको र अहिलेसम्म मानवीय क्षतिबारे कुनै जानकारी प्राप्त नभएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । साँघुरो गल्लीहरूमा दशौँ हजार पसलहरू भएको चतुचक दक्षिण पूर्व एशियाको सबैभन्दा ठूलो बजारहरूमध्ये एक हो । यो थाइल्यान्डको साप्ताहिक बजारहरूमध्ये सबैभन्दा ठूलो र सबैभन्दा चर्चित बजार पनि हो ।
यहाँ हरेक शनिवार र आइतवार झन्डै दुई लाख जना पर्यटक आउने दाबी गरिएको छ । तर घरपालुवा जनावर बेच्ने बजारको भाग भने हप्ताभर खुला रहन्छ ।-एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । पहिलो पटक युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत गरेका छन् । रुसले कुनै पनि शान्ति पहललाई सधैँ सकारात्मक रूपमा...
काठमाडौं, ६ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको शान्ति वार्ता सफल नहुने संकेत देखिएमा अमेरिका वार्ताको मध्यस्थता प्रयासबाट पछि हट्ने चेतावनी दिएका छन्। शुक्रबार ओभल अफिसमा...
एजेन्सी, ६ वैशाख । भारतको राजधानी नयाँ दिल्लीको मुस्तफावाद क्षेत्रमा शनिबार बिहान भीषण दुर्घटना भएको छ । बिहान करिब २:३० बजे आएको भारी वर्षा र आँधीका कारण चार तले...
काठमाडौँ, ४ वैशाख । अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का प्रमुख जेरोम पावेलले राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिले अमेरिकी अर्थतन्त्रमा गम्भीर असर पार्ने चेतावनी दिएका छन् । ट्रम्पको विश्वव्यापी...