भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

बारामा १० किलो गाँजासहित दुई युवक पक्राउ

बारामा १० किलो गाँजासहित दुई युवक पक्राउ

रौतहट, १६ पुष । भारतीय सीमा जोडिएको बाराको सिम्रौनगढ नगरपालिका क्षेत्रबाट प्रहरीले १० किलो लागुऔषध गाँजासहित दुई जना युवकलाई पक्राउ गरेको छ।

गएराति गाँजासहित पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका–३ रामनगर टोलका ३३ वर्षीय राजकुमार कुशवाहा र २८ वर्षीय पुनदेव पटेल रहेको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख इन्स्पेक्टर कृष्णदेव साहले जानकारी दिए।

मंगलबार राति सवा ८ बजे मोटरसाइकलमार्फत गाँजा ओसारपसार भइरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट सई बालाराज गिरी र प्रहरीचौकी अमृतगन्जबाट असई विश्वराज कुशवाहाको कमान्डमा संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।

टोलीले सिम्रौनगढ नगरपालिका–३ ब्रह्मस्थान रामनगरबाट डाट गाउँतर्फ जाँदै गरेको ना ५४ प ६१८६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा झोलाभित्र लुकाइछिपाई राखिएको दुई पोका गरी १० किलो गाँजा बरामद गरिएको इन्स्पेक्टर साहले बताए। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.