भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

बेचन झालाई थुनामै राखेर अनुसन्धान गर्न सर्वोच्चको अनुुमति

बेचन झालाई थुनामै राखेर अनुसन्धान गर्न सर्वोच्चको अनुुमति

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

झाका तर्फबाट छोरा दिव्यांशु शेखर झाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि बिहीबार सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले ‘कानुनबमोजिम गर्न’ आदेश जारी गरेको हो । योसँगै अनुसन्धान पूरा हुनुअघि नै थुनामुक्त हुने झाको प्रयास असफल भएको छ ।

गत वर्ष कारबाहीको प्रक्रिया समेत चलाइएको नक्कली भुटानी शरणार्थी प्रकरणका तत्कालीन फरार अभियुक्त झा भारतमा बस्दै आएका थिए । प्रहरीले पक्राउ गरी अनुसन्धान जारी रहेका बेला उनका छोरा दिव्यांशुले गएको असार ३० गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.