भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

भक्तपुर–२ मा महेश बस्नेतविरुद्ध रास्वपाका राजीव खत्री उम्मेदवार

भक्तपुर–२ मा महेश बस्नेतविरुद्ध रास्वपाका राजीव खत्री उम्मेदवार

भक्तपुर, ५ माघ २०८२ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजीव खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । खत्रीले सुरुमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० बाट उम्मेदवारी दिने तयारी गरेका थिए । तर पार्टीभित्रको छलफलपछि अन्ततः भक्तपुर–२ बाट उम्मेदवारी दिने टुंगो लागेको हो ।

जेन–जी आन्दोलनपछि महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध निरन्तर आलोचना गर्दै आएका छन् । यसै कारण बालेनले ‘जसरी पनि बस्नेतलाई पराजित गर्ने’ रणनीतिअन्तर्गत खत्रीलाई अघि सारेको बुझिएको छ । खत्री पेशाले पूर्वसञ्चारकर्मी हुन् ।

सामाजिक सञ्जालमा महेश बस्नेत र राजीव खत्रीबीच लामो समयदेखि वाकयुद्ध चल्दै आएको छ । खत्रीले बस्नेतविरुद्ध तीखा टिप्पणी गर्दै आएका छन् भने बस्नेतले पनि खत्रीको नामै लिएर जवाफ दिने गरेका छन् । यस आपसी कटुताका कारण भक्तपुर–२ को चुनावी भिडन्त रोचक हुने अनुमान गरिएको छ ।

भक्तपुर–२ महेश बस्नेतको परम्परागत निर्वाचन क्षेत्र हो । राजीव खत्री भने काठमाडौं–१० का बासिन्दा हुन् । गत आम निर्वाचनमा बस्नेत पराजित भएका थिए भने खत्री यो निर्वाचनमार्फत पहिलोपटक सक्रिय राजनीतिमा चुनावी मैदानमा उत्रँदै छन् ।

खत्रीले काठमाडौं–१० बाट उम्मेदवारी दिन पार्टीमा इच्छा व्यक्त गरे पनि पार्टी सभापति रवि लामिछाने र बालेन्द्र शाहसँगको सल्लाहपछि उनलाई भक्तपुर–२ बाट उठाउने निर्णय गरिएको स्रोतले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.