भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

समानुपातिकतर्फ ८९ लाख १७ हजार मतपत्र छपाइ सकियो

समानुपातिकतर्फ ८९ लाख १७ हजार मतपत्र छपाइ सकियो

काठमाडौँ, ५ माघ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक तर्फका ८९ लाख १७ हजार थान मतपत्रको छपाइ सकिएको छ । निर्वाचन आयोगका अनुसार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ कार्य तीव्र गतिमा भइरहेको छ ।

आयोगका अनुसार पछिल्लो २४ घण्टामा मात्र १३ लाख १४ हजार थान मतपत्र छापिएको हो । आयोगले कुल २ करोड ८ लाख ३० हजार थान मतपत्र छाप्ने लक्ष्य लिएको छ । कुल मतदाता संख्याभन्दा केही प्रतिशत बढी मतपत्र छपाइ गर्नुपर्ने भएकाले लक्ष्य अनुसार काम भइरहेको आयोगले जनाएको छ ।

हालसम्म उपलब्ध विवरणअनुसार अब १ करोड १९ लाख १३ हजार थान मतपत्र छपाइ हुन बाँकी छ । यस्तै, हालसम्म २० हजार ८ सय ३० बाकस बराबरको मतपत्र प्याकिङ भइसकेको छ भने अब १४ हजार ४ सय २० बाकस बराबरको मतपत्र प्याकिङ गर्न बाँकी रहेको छ ।

जनक शिक्षा सामग्री केन्द्रले १० लाख ९८ हजार २ सय थान मतपत्र नमूनाका रूपमा निर्वाचन आयोगमा पठाइसकेको जानकारी दिएको छ । बाँकी मतपत्र छपाइ र प्याकिङ कार्य तोकिएको समयमै सक्ने तयारी भइरहेको आयोगले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.