भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

स्पेनमा भीषण रेल दुर्घटना , कम्तीमा २१ जनाको मृत्यु

स्पेनमा भीषण रेल दुर्घटना , कम्तीमा २१ जनाको मृत्यु

एजेन्सी । दक्षिणी स्पेनमा भएको भीषण रेल दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको छ । दुर्घटनामा ३० भन्दा बढी यात्रु गम्भीर घाइते भएका छन् ।

स्पेनको रेल सञ्जाल सञ्चालन गर्ने एडिफ (एडिआइएफ) का अनुसार मालागाबाट म्याड्रिडतर्फ गइरहेको एउटा तीव्रगतिको रेल कोर्डोबा नजिकैको आदामुज सहर आसपास पटरीबाट खसेर छेउको अर्को ट्रयाकमा रहेको रेलसँग ठोक्किएको थियो । त्यसपछि म्याड्रिडबाट ह्वेल्भातर्फ जाँदै गरेको अर्को रेल पनि पटरीबाट बाहिर खसेको जनाइएको छ । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले घटनाले सिंगो देश गहिरो पीडामा परेको प्रतिक्रिया दिएका छन् ।

यातायात मन्त्री ओस्कार पुयन्तेका अनुसार घाइतेहरूलाई नजिकका अस्पतालमा भर्ना गरिएको छ । उनले घटनालाई ‘अत्यन्तै अनौठो’ दुर्घटना भनेका छन् । दुर्घटनाको आधिकारिक कारण हालसम्म खुल्न सकेको छैन । प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन कम्तीमा एक महिना लाग्ने अनुमान गरिएको छ ।

दुर्घटनापछि म्याड्रिड र आन्डालुसिया बीचका सबै रेल सेवा स्थगित गरिएको छ । यी सेवा सोमबारसम्म बन्द रहने जनाइएको छ । प्रभावित यात्रुहरूका लागि टर्मिनलहरू रातभर खुला राखिएको रेल कम्पनीले जनाएको छ ।

मालागाबाट सेवा दिँदै आएको निजी रेल कम्पनी इर्योले रेल पटरीबाट खसेको पुष्टि गर्दै उक्त रेलमा करिब ३०० यात्रु सवार रहेको जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.