भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वर्षाका कारण बन्द रहेको बीपी राजमार्ग पुनः सञ्चालनमा

वर्षाका कारण बन्द रहेको बीपी राजमार्ग पुनः सञ्चालनमा

काठमाण्डौ, १८ चैत्र । हिजो बेलुका परेको वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्गमा पुनः गाडी सञ्चालनमा आएको छ। भकुण्डे–नेपालथोक खण्डमा परेको भारी वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय काभ्रेले यातायात रोकेको थियो।

मौसममा सुधार आएपछि अहिले राजमार्गमा दुईतर्फी आवागमन सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार यात्रु र चालकलाई सुरक्षित तरिकाले यात्रा गर्न आग्रह गरिएको छ।

यसअघि गएको शुक्रबार रोशी खोलामा आएको बाढीले दुई दिनसम्म राजमार्ग अवरुद्ध भएको थियो। अघिल्लो वर्ष असोजमा आएको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड क्षतिग्रस्त बनाएपछि हाल खोलामै अस्थायी सडक र डाइभर्सनमार्फत सञ्चालन हुँदै आएको छ।

 


Thali Mobile Pvt.Ltd.