भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

वर्षाका कारण बन्द रहेको बीपी राजमार्ग पुनः सञ्चालनमा

वर्षाका कारण बन्द रहेको बीपी राजमार्ग पुनः सञ्चालनमा

काठमाण्डौ, १८ चैत्र । हिजो बेलुका परेको वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्गमा पुनः गाडी सञ्चालनमा आएको छ। भकुण्डे–नेपालथोक खण्डमा परेको भारी वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय काभ्रेले यातायात रोकेको थियो।

मौसममा सुधार आएपछि अहिले राजमार्गमा दुईतर्फी आवागमन सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार यात्रु र चालकलाई सुरक्षित तरिकाले यात्रा गर्न आग्रह गरिएको छ।

यसअघि गएको शुक्रबार रोशी खोलामा आएको बाढीले दुई दिनसम्म राजमार्ग अवरुद्ध भएको थियो। अघिल्लो वर्ष असोजमा आएको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड क्षतिग्रस्त बनाएपछि हाल खोलामै अस्थायी सडक र डाइभर्सनमार्फत सञ्चालन हुँदै आएको छ।

 


Thali Mobile Pvt.Ltd.