भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

राजनीतिज्ञको मृत्युको खबरपछि भ्लादिमिर पुटिन जिम्मेवार रहेको बाइडेनको टिप्पणी

राजनीतिज्ञको मृत्युको खबरपछि भ्लादिमिर पुटिन जिम्मेवार रहेको बाइडेनको टिप्पणी

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिन विपक्षि दलको नेतको हत्यामा जिम्मेवार रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले आरोप लगाएका छन् । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु प्रकरणमा राष्ट्रपति बाइडेनले उक्त आरोप लगाएका छन् ।

विभिन्न आरोपमा सन् २०२१ मा जेल सजाय भएका पुटिनका कट्टर आलोचक ४७ वर्षका नाभाल्नीको जेलमा नै निधन भएको कारागार प्रशासनले जनाएको छ । कतिपयले नाभाल्नीमाथि लगाइएका अभियोगहरू राजनीतिक रूपमा प्रेरित भएको बताउँदै आएका थिए ।

सन् २०२० मा नाभाल्नीलाई स्नायुमा असर गर्ने नोविचोक दिएर विषाक्त बनाइएको दाबी गरिएको थियो । साइबेरियाबाट मस्को जाने उडानमा रहेका बेला उहाँ बिरामी पर्नुभएको थियो । त्यसपछि जर्मनीमा उपचार गराएर रुस फर्किएलगत्तै पक्राउ पर्नुभएका नाभाल्नी त्यसयता जेलमै हुनुहुन्थ्यो ।

राष्ट्रपति बाइडेनले विपक्षी राजनीतिज्ञको मृत्युको खबरपछि भ्लादिमिर पुटिन जिम्मेवार रहेको टिप्पणी गर्नुभएको हो । पुटिनका प्रवक्ताले नाभाल्नीको मृत्युको कारण खोजी गरिरहेको जनाएको छ तर थप जानकारी दिएको छैन ।

नाभाल्नीको हिजो मृत्यु भएको खबर सार्वजनिक भएसँगै शोक मनाउन शुभचिन्तकहरू रुसी दूतावास बाहिर भेला भएका छन् । उनीहरूले रुसी राष्ट्रपति पुटिनको आलोचना गरेका बीबीसीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.