भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

विदेशी नागरिकता लिएका १७ चिकित्सकको दर्ता खारेज

विदेशी नागरिकता लिएका १७ चिकित्सकको दर्ता खारेज

काठमाडौँ, ११ बैशाख । नेपाल मेडिकल काउन्सिल ले १७ जना चिकित्सकको नाम दर्ता खारेज गरेको छ। नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी तथा नागरिकता लिएको पुष्टि भएपछि ती चिकित्सकहरूको नाम काउन्सिलको दर्ता किताबबाट हटाइएको हो।

काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ तथा नेपाल नागरिकता ऐन २०६३ बमोजिम ती चिकित्सकहरूको दर्ता खारेज गर्ने निर्णय गरिएको जनाएको छ। यो निर्णय सूचना प्रकाशित भएकै मितिदेखि लागू भएको छ।

दर्ता खारेज गरिएका चिकित्सकहरूले बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, हङकङ, पोर्चुगल र भारतको नागरिकता लिएको पाइएको काउन्सिलले जनाएको छ। नाम हटाइएका चिकित्सकहरूमा डा. शर्मिला गुरुङ, डा. रोशन भुषाल, डा. मोति गुरुङ, डा. देवराज रेग्मी, डा. मेरिना गुरुङ, डा. निरञ्जन देव पाण्डे, डा. रोजन केसी, डा. ममता गुरुङ, डा. राजिव हमाल र डा. सलुजा सिंह थारू रहेका छन्।

त्यसैगरी डा. सुजना के.सी., डा. जोस्ना शाही, डा. मनिषा हमाल, डा. सुप्रिया शाक्य, डा. इच्छा न्यौपाने, डा. दिपेन ढकाल र डा. तुषार सर्वजना पनि दर्ता खारेज गरिएका चिकित्सकहरूको सूचीमा रहेका छन्।

कानुनी व्यवस्थाअनुसार नेपाली नागरिकका रूपमा काउन्सिलमा दर्ता भएका चिकित्सकहरूले विदेशी नागरिकता लिएपछि उनीहरूको पुरानो दर्ता स्वतः अवैध हुने व्यवस्था रहेको छ।

 


Thali Mobile Pvt.Ltd.