भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

कतारमा कैद तीन नेपालीलाई आममाफी, नेपाल फर्किने प्रक्रिया सुरु

कतारमा कैद तीन नेपालीलाई आममाफी, नेपाल फर्किने प्रक्रिया सुरु

काठमाडौँ, २७ चैत्र । कतार सरकारले तीन जना नेपाली नागरिकलाई आममाफी दिएको छ। रमादानको अवसर पारेर उक्त आममाफी प्रदान गरिएको परराष्ट्र मन्त्रालयले जनाएको हो।

कतारका आमिर शेख तमिम विन हमाद अलथानीले ती नेपाली नागरिकलाई आममाफी दिएको मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

कतारको दोहा स्थित नेपाली दूतावासको पहलमा उनीहरूलाई आममाफी दिलाउन सफल भएको मन्त्रालयले जनाएको छ। यद्यपि, ती नेपाली नागरिकहरू के कारणले जेलमा परेका थिए भन्ने विषयमा मन्त्रालयले खुलाएको छैन। साथै, उनीहरूको नामसमेत सार्वजनिक गरिएको छैन।

आममाफी पाएका तीनै जना नेपाली हाल नेपाल फर्किने प्रक्रियामा रहेको र आवश्यक कागजी प्रक्रिया पूरा गरिँदै रहेको मन्त्रालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.