भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कतारमा कैद तीन नेपालीलाई आममाफी, नेपाल फर्किने प्रक्रिया सुरु

कतारमा कैद तीन नेपालीलाई आममाफी, नेपाल फर्किने प्रक्रिया सुरु

काठमाडौँ, २७ चैत्र । कतार सरकारले तीन जना नेपाली नागरिकलाई आममाफी दिएको छ। रमादानको अवसर पारेर उक्त आममाफी प्रदान गरिएको परराष्ट्र मन्त्रालयले जनाएको हो।

कतारका आमिर शेख तमिम विन हमाद अलथानीले ती नेपाली नागरिकलाई आममाफी दिएको मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

कतारको दोहा स्थित नेपाली दूतावासको पहलमा उनीहरूलाई आममाफी दिलाउन सफल भएको मन्त्रालयले जनाएको छ। यद्यपि, ती नेपाली नागरिकहरू के कारणले जेलमा परेका थिए भन्ने विषयमा मन्त्रालयले खुलाएको छैन। साथै, उनीहरूको नामसमेत सार्वजनिक गरिएको छैन।

आममाफी पाएका तीनै जना नेपाली हाल नेपाल फर्किने प्रक्रियामा रहेको र आवश्यक कागजी प्रक्रिया पूरा गरिँदै रहेको मन्त्रालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.