भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, रोशी खोलाको बाढीले डाइभर्सन बगायो

वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, रोशी खोलाको बाढीले डाइभर्सन बगायो

काभ्रे, १३ बैशाख । वर्षाका कारण रोशी खोलामा आएको बाढीले वीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डका विभिन्न स्थानमा बनाइएका अस्थायी डाइभर्सन बगाएपछि यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, कालढुंगा, माम्ती तथा सिन्धुलीको आँपघारी क्षेत्रमा रहेका अस्थायी डाइभर्सन बगाएपछि सवारी साधन सञ्चालन ठप्प भएको हो।

शनिबार दिउँसो परेको वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायले राजमार्ग बन्द गराएको हो। जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड शनिबार दिउँसो ३:३० बजेदेखि बन्द गरिएको हो।

राजमार्ग अवरुद्ध भएपछि सवारी साधनहरूलाई धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोक क्षेत्रमा ‘होल्ड’ गरेर राखिएको छ। प्रहरीले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

गत वर्षको बाढीपहिरोले रोशी र सिन्धुलीको नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएपछि अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन हुँदै आएको थियो। हाल सो क्षेत्रमा स्थायी सडक निर्माण कार्य जारी रहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.