भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मध्यपूर्व युद्धको प्रभाव अध्ययन गर्न मन्त्रीस्तरीय कार्यदल गठन

मध्यपूर्व युद्धको प्रभाव अध्ययन गर्न मन्त्रीस्तरीय कार्यदल गठन

काठमाण्डौ, १८ चैत्र । एक महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण उत्पन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रभाव अध्ययन गर्न सरकारले मन्त्रीस्तरीय कार्यदल गठन गरेको छ।

परराष्ट्रमन्त्री शिशिर खनालको संयोजकत्वमा उच्चस्तरीय अन्तरमन्त्रालय कार्यदल गठन गरिएको हो। उक्त कार्यदलले युद्धका कारण देखिएको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संकटको प्रभाव अध्ययन गरी आवश्यक नीति तथा रणनीति तयार गर्नेछ।

कार्यदलले विशेषगरी वैदेशिक रोजगारी, आपूर्ति शृंखला, ऊर्जा तथा सामाजिक क्षेत्रमा पर्ने बहुआयामिक प्रभावको मूल्यांकन गर्दै व्यवस्थापनका लागि सुझाव पेश गर्नेछ। कार्यदललाई सात दिनभित्र अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजनासहित प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

प्रतिवेदन प्राप्त भएपछि सरकारले त्यसका आधारमा आवश्यक निर्णय तथा कार्यान्वयन प्रक्रिया अघि बढाउने जनाएको छ। अमेरिका र इजरायलले इरानमा फेब्रुअरी २८ मा आक्रमण सुरु गरेपछि द्वन्द्व चर्किएको हो।

यसको प्रत्यक्ष प्रभाव वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षामा देखिएको छ भने विश्व बजारमा इन्धनको मूल्य वृद्धि भई त्यसको असर नेपालमा समेत परेको छ। सरकारले शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनका क्रममा अन्य विभिन्न अध्ययन टोली र कार्यदल पनि गठन गर्ने तयारी गरेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.