भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

मध्यपूर्व युद्धको प्रभाव अध्ययन गर्न मन्त्रीस्तरीय कार्यदल गठन

मध्यपूर्व युद्धको प्रभाव अध्ययन गर्न मन्त्रीस्तरीय कार्यदल गठन

काठमाण्डौ, १८ चैत्र । एक महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण उत्पन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रभाव अध्ययन गर्न सरकारले मन्त्रीस्तरीय कार्यदल गठन गरेको छ।

परराष्ट्रमन्त्री शिशिर खनालको संयोजकत्वमा उच्चस्तरीय अन्तरमन्त्रालय कार्यदल गठन गरिएको हो। उक्त कार्यदलले युद्धका कारण देखिएको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संकटको प्रभाव अध्ययन गरी आवश्यक नीति तथा रणनीति तयार गर्नेछ।

कार्यदलले विशेषगरी वैदेशिक रोजगारी, आपूर्ति शृंखला, ऊर्जा तथा सामाजिक क्षेत्रमा पर्ने बहुआयामिक प्रभावको मूल्यांकन गर्दै व्यवस्थापनका लागि सुझाव पेश गर्नेछ। कार्यदललाई सात दिनभित्र अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजनासहित प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

प्रतिवेदन प्राप्त भएपछि सरकारले त्यसका आधारमा आवश्यक निर्णय तथा कार्यान्वयन प्रक्रिया अघि बढाउने जनाएको छ। अमेरिका र इजरायलले इरानमा फेब्रुअरी २८ मा आक्रमण सुरु गरेपछि द्वन्द्व चर्किएको हो।

यसको प्रत्यक्ष प्रभाव वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षामा देखिएको छ भने विश्व बजारमा इन्धनको मूल्य वृद्धि भई त्यसको असर नेपालमा समेत परेको छ। सरकारले शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनका क्रममा अन्य विभिन्न अध्ययन टोली र कार्यदल पनि गठन गर्ने तयारी गरेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.