भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

स्थानीय तहलाई वर्गीकरण गरी राहत उपलब्ध गराउने

स्थानीय तहलाई वर्गीकरण गरी राहत उपलब्ध गराउने

काठमाडौं । विपद् प्रभावित स्थानीय तहहरुलाई वर्गीकरण गरी सरकारले राहत उपलब्ध गराउने भएको छ । क्षतिका आधारमा तीन वर्गमा वर्गीकरण गरी राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

असोज १० देखि १३ गतेसम्मको भारी वर्षापछि आएको बाढीपहिरो तथा डुबान प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन असोज २१ गते घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तहलाई क्षतिका आधारमा सिफारिस भई आए बमोजिम प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषबाट क्रमशः अति प्रभावितलाई रु एक करोड, प्रभावितलाई ७५ लाख रुपैयाँ र सामान्य प्रभावितलाई ५० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमार्फत् उपलब्ध गराउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।

अति प्रभावित पालिकामा काभ्रेपलाञ्चोकको रोशी, तेमाल र बेथानचोक गाउँपालिका, पनौति र नमो बुद्ध नगरपालिकालाई १ करोड रुपैयाँ दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यसैगरी ललितपुर जिल्लाको अति प्रभावित महांकाल, कोञ्ज्योस्योम, वाग्मती गाउँपालिका र गोदावरी नगरपालिकालाई १ करोड रुपैयाँ दिने निर्णय गरेको छ ।

७५ लाख रुपैयाँ प्राप्त गर्ने प्रभावित गाउँपालिकामा पाँचथरको फिदिम, धादिङको धुनीबेशी नगरपालिका, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका, भुम्लु र चौँरी देउराली, खानीखोला र महाभारत गाउँपालिका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, सिन्धुलीको गोलञ्जोर र सुनकोशी गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका र उदयपुरको बेलका नगरपालिकालाई पनि ७५ लाख रुपैयाँ दिइने भएको छ ।

सामान्य प्रभावित पालिकामा इलामको सन्दकपुर गाउँपालिका, ओखलढुँगाको चम्पादेवी, सुनकोशी र मानेभञ्ज्याङ गाउँपालिका, खोटाङको हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ, जन्तेढुङ्गा गाउँपालिका, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका, चितवनको इच्छाकामना गाउँपालिका, माडी नगरपालिका, भरतपुर महानगरपालिका, दोलखाको बिगु र शैलुङ गाउँपालिकाले पनि ५० लाख रुपैयाँ राहत पाउने निर्णय भएको छ ।

यसैगरी दोलखाको गौरीशङ्कर, धादिङको बेनीघाट रोराङ, बेत्रावती दोब्जाङ, गजुरी र खनियाबास गाउँपालिकाले पनि ५० लाख रुपैयाँ राहत पाउने निर्णय भएको छ । पाँचथरको फाल्गुनन्द र फालेलुङ गाउँपालिका, मकवानपुरको भीमफेदी र बकैया गाउँपालिका, महोत्तरीको बर्दिवास र गौशाला नगरपालिका, रामेछापको रामेछाप नगरपालिका, दोरम्बा शैलुङ, खाँडादेवी, गोकुलगङ्गा, उमाकुण्ड, लिखु तामाकोशी, सुनापाथी गाउँपालिका र मन्थली नगरपालिकाले पनि ५० लाख रुपैयाँ राहत पाउने भएका छन् ।

रौतहटको राजपुर र गढीमाइ नगरपालिका, दुर्गाभगवती गाउँपालिका, परोरा नगरपालिका, राजदेवी नगरपालिकालाई पनि ५० लाख रुपैयाँ राहत दिने निर्णय भएको छ । सप्तरीको बलान केबुल गाउँपालिका, बलरा नगरपालिका, सर्लाहीको वाग्मती नगरपालिका, सिन्धुपाल्चोकको जुगल र बलेफी गाउँपालिका, बाह्रविसे नगरपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिकाले पनि ५० लाख रुपैयाँ राहत उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

सिन्धुलीको फिक्कल र हरिहरपुर गढी गाउँपालिका, सिराहाको लाहान नगरपालिका र सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका, सोलु दुधकुण्ड नगरपालिका, माप्य दुधकोशी गाउँपालिकालाई ५० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको सञ्चार मन्त्री गुरुङले बताए । बेपत्ता पारिएका नागरिकको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नियुक्तिको लागि सिफारिश गर्न सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गर्ने निर्णय भएको पनि उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.