भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुमा रहेको सुविधासम्पन्न भवनबाट सञ्चालन

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुमा रहेको सुविधासम्पन्न भवनबाट सञ्चालन

काठमाण्डौ । २०३१ सालमा प्रदर्शनीमार्गमा रहेको रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिताको अध्ययनअध्यापन शुरु भएको धेरैपछि त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुमा आफ्नै नवनिर्मित भवनमा औपचारिक रुपमा सरेको छ । विभाग परिसरमा बुधबार नयाँ भवनको उद्घाटन त्रिविका कार्यवाहक उपकुलपति प्रा.डा. शिवलाल भुसालले गरेसंगै आफ्नै भवनमा सरको हो ।

नयाँ भवनमा सुविधासम्पन्न कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडियो, फिल्म अध्ययनस्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, अन्तर्राष्ट्रियस्तरको सभाहल, अतिथि प्राध्यापक आवासलगायत रहेका छन् । विसं २०७३ मा रत्नराज्य लक्ष्मी क्याम्पसमा छुट्टै प्रशासनिक संरचनाअन्तर्गत सञ्चालित केन्द्रीय विभाग अबदेखि बल्खुमा रहेको सुविधासम्पन्न भवनमा सञ्चालन हुन थालेको छ ।

लामो समय प्रमाणपत्र तह र स्नातक तहको अध्यापन हुँदै आएकामा त्रिविले २०५८ सालदेखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, २०६७ देखि विद्यावारिधि (पीएचडी) र विसं २०७४ देखि दर्शनाचार्य तथा विद्यावारिधि (एमफिल पीएचडी) तहको अध्यापन शुरु गरेको थियो ।

पत्रकारिताको प्राज्ञिक अध्ययन अनुसन्धानका लागि आवश्यक सबै सुविधा रहेको केन्द्रीय विभाग भवन चार वर्षमा निर्माण सम्पन्न भएको हो ।

 


Thali Mobile Pvt.Ltd.